×

मोरङ ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी विजयी

images

काठमाडौं । मोरङ ४ बाट फेरि नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए । राप्रपाका रवि रिजालले ७४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका ५३३३ मत पाएका छन् । मोदी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए भने २०७०को संविधानसभा चुनावमा उनी समानुपातिक सांसदमा निर्वाचित भएका थिए ।


 

शुक्रबार​ ९ मंसिर २०७९ १०:११ AM मा प्रकाशित

प्रतिक्रिया