×

ट्रम्पले सहयोग रोकेपछि दक्षिण अफ्रीकाको एचआईभी संकट बढ्यो

images

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा विदेशी सहायता कटौती गरेपछि गैर-नाफामुखी एचआईभी केन्द्रहरू बन्द भएका छन् ।

ट्रम्पले सहायता बन्द गरेको घोषणाको २४ घण्टा भित्र, नि:शुल्क एचआईभी उपचार सेवा प्रदान गर्ने धेरै गैर-नाफामुखी एचआईभी केन्द्रहरू बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसका साथै एचआइभी रोगबाट पीडित दक्षिण अफ्रिकीहरूलाई नि:शुल्क औषधिको आपूर्ति पनि बन्द गरेको बताइएको छ ।

यद्यपि अमेरिकाले विश्वव्यापी स्तरमा केही जीवन बचाउने एचआईभी सेवाहरूलाई आंशिक रूपमा छुट दिएको छ तर विज्ञहरूले यसको प्रभाव गहिरो रुपमा पर्ने चेतावनी दिएका छन् । यदि सहायता पुनर्स्थापित भएन भने, दक्षिण अफ्रिकाले आगामी केही वर्षहरूमा लाखौं नयाँ संक्रमण र हजारौं मृत्यु देख्न सक्ने उनीहरुले चेतावनी दिएका छन् ।

अमेरिकी सहायतामा कटौती भएको छ महिना पछि, एचआईभीबाट पीडित मानिसहरूको सबैभन्दा बढी संख्या भएको देश आफ्नो सबैभन्दा कमजोर मानिसहरूको उपचार गर्न संघर्ष गरिरहेको बताइएको छ ।

दक्षिण अफ्रिकाका देशभरका १२ क्लिनिकहरू बन्द हुँदा ६३ हजारभन्दा बढी बिरामीहरू प्रभावित भएका छन् भने लगभग २.२ लाख मानिसहरू एचआईभी संक्रमित औषधिबाट वञ्चित भएको बताइएको छ । यद्यपि, दक्षिण अफ्रिकी सरकारले ४२७ मिलियन डलरको अमेरिकी सहायता फिर्ता लिएको कारण एचआईभी कार्यक्रमलाई पतन हुन नदिने बताएको छ । अहिले सरकारी अस्पतालहरूले संक्रमितलाई औषधि दिन अस्वीकार गरेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार दक्षिण अफ्रीकाको १२.८ प्रतिशत जनसंख्या एचआइभी संक्रमित रहेको छ, जुन करिब ८० लाखको हाराहारीमा रहेको छ ।

 

सोमबार ९ भदौ २०८२ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया