काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौं ११ गते बुधवार हुने भएको छ ।
सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि समितिको सभापतिको निर्वाचनको लागि तोकेको संघीय संसद सचिवालयले सुचना प्रकाशित गरेर जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै साउन २७ गते राजीनामा दिएपछि सभापति पद रिक्त रहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने नियम गरेको छ ।
प्रतिक्रिया