×

बर्दियाबाट ४८ लाख बराबरीको चाईनिज ईलेक्ट्रिकल भेप बरामद

images

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले करिब ४८ लाख रुपैयाँ बराबरको चाईनिज ईलेक्ट्रिकल भेप बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९२० वटा चाईनिज ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।

उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथ फरार भएका थिए  बरामद भेप आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।  

सोमबार ९ भदौ २०८२ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया