×

सभापति रवि लामिछानेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा विजयनजिक पुगिसकेका उनले मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।

‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’ सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए । उनले आफूले २०४६ यताका भ्रष्टाचारका सबै फाइल खोल्न गरेको प्रस्तावसम्बन्धी बुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले हटाएको बताए। 

'हामीले सरकारमा हुँदा भ्रष्टाचाका फाइल छानबिन हुनुपर्छ भनेका थियौँ। तर भ्रष्टाचारका फाइल खोल्ने हाम्रो प्रस्ताव न्यूनतम् साझा कार्यक्रमबाट हटाइएको छ', उनले भने, 'अब हामीले सरकारलाई समर्थन गरिरहनुको औचित्य छैन। सरकारलाई दिएको समर्थनलाई पुनर्विचार गर्छौँ, यसबारे हामी काठमाडौं गएपछि छलफल हुन्छ।' 

मङ्गलबार १२ बैशाख २०८० ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया