×

ढाकाकुमारको प्रतिनिधिसभा सदस्य पद रिक्त

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन् । उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो ।

रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् । उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने भएको छ ।

मङ्गलबार १२ बैशाख २०८० ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया