×

गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन- सभापति देउवा

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा स्वदेश फर्किएका छन् । साताव्यापी लामो थाइल्याण्ड बसाईपछि आज दम्पत्ति स्वदेश फर्किएको हो ।

काठमाडौं एयरपोर्ट ओर्लिनेबित्तिकै सभापति देउवाले एमालेसँगको सत्ता समिकरण चेञ्ज नहुने दाबी गरेका छन् । उनले सत्ता गठबन्धन तलमाथि हुने कुरा हल्लमात्रै भएको प्रतिक्रिया दिए । एयरपोर्टबाट बाहिरिएर गाडी चढ्ने बेलामा पत्रकारले सत्ता गठबन्धन परिवर्तन हुँदैछ भन्ने हल्ला छ नि भन्दा देउवाले केही नहुने छोटो प्रतिक्रिया दिएका हुन् । उनले आफूलाई गठबन्धन परिवर्तन हुने कुरा आफूलाई थाहा नभएको भन्दै कसले भन्यो भन्दै उल्टै प्रश्न गरे । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भने ।

उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए ।

देउवाको स्वागतको लागि उपप्रधानमन्त्री प्रकाशमा सिंह र पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए । बैंककमा देउवा उपचारमा व्यस्त हुँदा पत्नी डा. राणा भने परराष्ट्रमन्त्रीको हैसियतमा एक कार्यक्रममा सहभागी भएकी थिईन् । 

शुक्रबार​ १२ बैशाख २०८२ ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया