×

 दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ- मन्त्री श्रेष्ठ

images

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिनभित्र मन्त्रीपरिषद् बिस्तारले पूर्णता पाउने दाबी गरेका छन् ।  
शनिबार ललितपुरमा भएको ललितपुर चेम्बर अफ कर्मशको तेश्रो वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले सरकार विस्तारका सम्वन्धमा सत्ता साझेदार दलबीच वार्ता चलिरहेको हुँदा अबको दुई दिनभित्रै मन्त्रीपरिषद्ले पुर्णता पाउने बताए ।

कार्यक्रममा उनले मूलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बताउँदै सरकार सकारात्मक हस्तक्षेप गर्ने सोचमा रहेको बताए ।  अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित संस्था, निकायसँग आवश्यक परामर्श भइरहेकोले  प्रभावकारी ढंगले कदम चालिने उनको भनाई थियो । 

उनले भने ‘मुलुकको अर्थतन्त्रको अवस्था सामान्य छैन । तर, हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुपर्छ । यस बिषयमा सरकार गम्भिर छ ।  एक–दुई भित्रै मन्त्रीपरिषद्को विस्तारले पूर्णता पाउँछ । त्यसपछि सम्वन्धित सबै संस्था, निकाय र व्यक्तिसँग परामर्ष गर्नेछौं ।

प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढ्नेछौं । यस बिषयमा सरकार गम्भिर छ ।’ उनले तत्काल सरकारको एकमुस्ट उद्देश्य भनेकै सामाजीक न्याय सहितको समृद्धि हासिल गर्नु रहेको उनको बताए । 
 

शनिबार ११ चैत २०७९ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया