×

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९ हजार २६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २५४ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये ९२ जनाको आईसीयू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ९२५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ भने ९ लाख ५५ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा थप ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका ४४, ललितपुरका ७ र भक्तपुरका ३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

शुक्रबार​ १३ फागुन २०७८ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया