×

राष्ट्रपतिको उम्मेदवार टुग्याउन कांग्रेस कार्यसमिति बैठक बस्दै

images

 
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बिहान साढे आठ बजे पार्टी केन्द्रीय

कार्यालय सानेपामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागी  कार्यसम्पादन समितिको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

हिजो बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको संयुक्त बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको छ।
बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल चलेको थियो।

यही २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको काम हुँदैछ । राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ

शनिबार १३ फागुन २०७९ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया