काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगिता पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएर जवाफि व्याटिङमा उत्रिएको सिंगापुर ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रनमै समेटियो ।
सिंगापुरका लागि आर्यन मोदीले सय बल खेल्दै २ चौकासहित सर्वाधिक ५८ रनको योगदान गरे । नेपालका हेमन्त धामी र सुबास भण्डारीले समान दुई विकेट तथा विशाल विक्रम केसीले १ विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालका लागि आकाश त्रिपाठीले सय बल खेल्दै ७ चौका र एक छक्का मद्दतमा सर्वाधिक ७८ रनको योगदान गरे ।
ओपनर अर्जुन कुमाल ३७ रनमा आउट हुँदा, कप्तान देव खनालले २१ रन जोडे ।
दिपक बोहराले १७ रन र दिपक प्रशाद डुम्रेले १० रन जोड्दा, विशाल विक्रम केसीले ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनको अविजित इनिङ खेले ।
सिंगापुरका आर्यभिर चौधरी र अबुदय चाजेरले समान दुई तथा आदित्य बर्गाभा र मिथ्यू भाटियाले एक–एक विकेट लिए ।
नेपालले दोस्रो खेल कुवेतसँग शनिबार खेल्नेछ । हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा तेस्रो खेल सोमबार हङकङ, चौथो मंगलबार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईका् सामना गर्नेछ ।
सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकप खेल्नेछ ।
प्रतिक्रिया