×

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ४६ करोड बराबरको कारोबार

images

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको हो । मंगलबार समेत बजार बढेको थियो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत केही बढेको छ । बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ । बुधबार सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् ।

यस दिन ग्रीनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० प्रतिशतले घट्यो । जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ताले आज धेरै गुमाए । नेशनल हाइड्रो, हिमाल दोलखा हाइड्रो, ग्रीनलाइफ हाइड्रो, अपर तामाकोशीसहितका कम्पनीको आज धेरै कारोबार भएको छ ।

बुधबार ११ माघ २०७९ ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया