×

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

images

काठमाडौं। डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११२२५ मत ल्याएएर विजयी भएका हुन् ।

उनीसँग पराजित एमालेका गणेशबहादुर शाहीले ५४९८ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो । उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि यहीँबाट निर्वाचित भएका थिए । 

बिहीबार ८ मंसिर २०७९ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया