काठमाडौँ । म्यानमारको एक ऐतिहासिक गोटेई पुल बारुदी सुरुङका कारण आंशिक रूपमा ध्वस्त भएको छ । गोटेई पुलको दश मिटर भाग भत्किएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टहरूका अनुसार, आतंकवादी विद्रोही समूह ताङ राष्ट्रिय मुक्ति सेनाले बम विस्फोट मार्फत आक्रमण गरेपछि पुलमा क्षति पुगेको हो ।
मुक्ति सेनाले ऐतिहासिक सम्पदा स्थल गोकटाईक पुल भत्काउन विस्फोटक पदार्थ राखेर आक्रमण पूर्वनियोजित गरेको पुष्टि भएको म्यान्मारको इलेभेन मिडिया ग्रुपले उल्लेख गरेको छ ।
यो मान्डले शहरबाट लगभग सय किलोमिटर टाढा रहेको क्षेत्रमा अवस्थित छ, जहाँ सेना तैनाथ छ र विद्रोहीहरू सक्रिय छन् ।
जब यो पुल सन् १९०० मा खोलिएको थियो, यो विश्वको सबैभन्दा ठूलो रेलवे ट्रेसल पुल थियो । यसको लागि स्टीलका भागहरू पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा निर्माण गरिएको थियो । ट्रेसल पुल धेरै साना भागहरू मिलेर बनेको र यी भागहरू रेलवे लाइनको लागि प्रयोग गरिएको फ्रेममा टाँसिएको बताइएको छ ।
प्रतिक्रिया