×

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनी-एमाले

images

काठमाडौं।  नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित र पूर्णतः गैरकानुनी कदम भएको ठहर गरेको छ।

मंगलवार आकस्मिक रूपमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले यस कदमको कडा भर्त्सना गर्दै पौडेलको गिरफ्तारीविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने आधिकारिक निर्णय गरेको हो।

एमालेले सम्पत्ति शुद्धीकरणको बहाना बनाएर गरिएको उक्त पक्राउ प्रक्रियामा कुनै पनि वस्तुपरक तथ्य, आधार वा प्रमाण प्रस्तुत नगरिएको दाबी गरेको छ।

वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखेर प्रतिशोध साध्ने उद्देश्यले मात्र यो कदम चालेको एमालेको निष्कर्ष छ। यसैगरी बैठकले अनुसन्धानका क्रममा पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले दिएको आदेशप्रति समेत गम्भीर असहमति जनाउँदै उक्त अदालती आदेश न्यायसम्मत नरहेको ठहर गरेको छ।

एमाले सचिवालय बैठकले सरकारको यो स्वेच्छाचारी कदमको विरोध गर्दै उपाध्यक्ष पौडेलको विनासर्त एवं अविलम्ब रिहाइको जोडदार माग गरेको छ।

बुधबार १० असार २०८३ ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया