×

यस्तो छ रास्वपाले राजदूत नियुक्तिका लागि बनाएका मापदण्ड

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ । शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’तयार पारेको रास्वपाले जनाएको छ।

कूटनीतिक नियोगहरूका लागि रास्वपाबाट हुनसक्ने सिफारिस वा समन्वयका लागि मापदण्ड तयार गरिएको विभागका प्रमुख खनालले जानकारी गराए । सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी राजदूृतका लागि आवेदन मागेको छ । आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदनपछि नियक्तिको सिफारिस गरिने संयोजक खनालले बताए । 

 

 

सोमबार ११ असार २०८१ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया