×

गड्तौला निमित्त मुख्य सचिव, निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा

images

 काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिव बनाउने निर्णय गरेको छ। भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी  गड्तौलालाई दिइएको हो ।

मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा  विशेष पद सिर्जना गरेर सरुवा गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आइतबार निलम्बनमा परेका मुख्य सचिव अर्याललाई भने सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर त्यता सरुवा गर्ने निर्णय गरेको मन्त्री  शर्माले बताइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोमबार १० असार २०८१ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया