×

चितवन २ को मतगणना सुरू

images

चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । अहिले निर्वाचन अधिकृतको कार्यालयले इच्छाकामना गाउँपालिका १ र ३ नम्बर वडाबाट मतगणना सुरु गरेको हो। 

निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ।  यसअघि त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनबीच विवाद भएको थियो। 

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

सोमबार ११ बैशाख २०८० ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया