×

रवि लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ सकिएको छैन। लगातार बहस लम्बिएपछि उक्त रिट ‘हेर्दाहेर्दै’मा राख्दै आगामी बिहीबारका लागि पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि सोमबार पनि बहस नसकिएपछि आजका लागि सारिएको थियो।

रिट निवेदकमध्येका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार अब यस विषयमा बिहीबार पुनः सुनुवाइ हुनेछ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लागेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। सोही निर्णय बदर गर्न माग गर्दै युवराज सफल, दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

मङ्गलबार १० चैत २०८२ ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया