×

नेकपा एमालेले बोलायो सचिवालय बैठक 

images


काठमाडौं । राष्ट्रपति उम्मेदवारका बारेमा छलफल गर्न नेकपा (एमाले)ले शनिबार बिहान ९ बजे बस्ने गरि सचिवालय बैठक बोलाएको छ ।

बैठकमा राष्ट्रपति एमालेले पाउनु पर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल गरिने र राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने जनाइएको छ । 

बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्नेबारे छलफल भएको थियो । 

एमालेले राष्ट्रपतिको उम्मेदवारको लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवारको रुपमा अघि बढाउने चर्चा चलिरहेको छ 

शुक्रबार​ १२ फागुन २०७९ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया