काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका छन् ।
शुक्रबार बिहानमात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो । प्रतिनिधिसभाको बैठकमा सहभागी भएका एमाले अध्यक्ष ओली त्यहाँबाट सिधै बालुवाटार गएका हुन।
राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आज भएको भेटवार्ता निर्णायक हुने भनिएको छ । राष्ट्रपतिमा प्रधानमन्त्री दाहालले एमालेको उम्मेदवारलाई सहयोग नगर्ने अडान लिएका छन् ।
प्रधानमन्त्री दाहालले कांग्रेससँग नयाँ सहमति गर्न लागेको चर्चाको बीच ओलीले उनीसँग अहिले भेटवार्ता गर्न लागेका हुन् । ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेका छन् ।
प्रतिक्रिया