×

सात महिनामा साढे चार लाख विदेशिए

images

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् ।

यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५९ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको गत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीको लागि जानेको संख्या ८ लाख भन्दा बढी हुने देखिन्छ ।

गत आवमा वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रमस्वीकृति लिएकोमा चालु आवको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ । आजको कारोबार दैनिकबाट

 

शुक्रबार​ १२ फागुन २०७९ ०८:१७ AM मा प्रकाशित

प्रतिक्रिया