×

पुस १० मा बनेको सात दलीय गठबन्धनको भविष्य संकटमा

images

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मंसिर ४ को चुनावअघिको गठबन्धन ब्युँताउन सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चार दलका बैठकमा शीर्ष नेताहरू गठबन्धन ब्युँताउन सहमत भएका हुन्।

images

राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादी र समाजवादीलाई र जसपालाई उपराष्ट्रपति

काठमाडौँ । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । ब...

बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुरानो गठबन्धन  ब्युँताउने सहमति भयो । राष्ट्रपति साँझ टुंग्याउछौं ।’ बुधबार साँझ कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो ।

जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा  समाहित गराउने चार दलबीच सहमति भएको छ । आजको बैठकमा कांग्रेस नेताहरूले राष्ट्रपति आफूले पाउनु पर्ने र एक कार्यकाल प्रधानमन्त्री माधव नेपाललाई बनाउन सकिने प्रस्ताव गरेका थिए। स्रोतका अनुसार एकीकृत समाजवादीले राष्ट्रपतिको अडान छोडेको छैन।

 आफ्ना अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनु पर्ने एकीकृत समाजवादीको अडान छ। एकीकृत समाजवादीको अडानमा जसपाले साथ दिएको छ भने माओवादीले चारै दलको सहमतिमा निर्णय गर्नुपर्ने बताएको छ।  यो सँगै पुस १० मा बनेको  सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो । फागुन १० मा आएर सात दलीय गठबन्धन विसर्जन गर्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । सत्ता गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बनेकाे छ ।

शुक्रबार​ १२ फागुन २०७९ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया