×

राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादी र समाजवादीलाई र जसपालाई उपराष्ट्रपति

images

काठमाडौँ । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । बैठकमा नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन ब्यूँउताउनेदेखि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा विषय प्रवेश भएर छलफल भएको हो । 

images

पुस १० मा बनेको सात दलीय गठबन्धनको भविष्य संकटमा

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मंसिर ४ को चुनावअघिको गठबन्धन ब्युँताउन...

स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेसका नेताहरुले पावर सेयरिङ बारेमा सामान्य खाका पेस गरेका थिए । जसमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई बाँढ्ने उल्लेख छ । बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिन सकिनेबारे छलफल भएको छ । तर कांग्रेसका कतिपय नेताहरुले पाँचै वर्ष राष्ट्रपति लिए पनि प्रधानमन्त्रीमा समेत पावर सेयरिङ हुनुपर्ने अडान लिएका छन् ।

यस्तै उपराष्ट्रपति जसपाले लिने लगभग सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठको दाबी छ । यसप्रति माधवकुमार नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए। छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए। 

कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘साँझ ५ बजे हामी फेरि बस्छौं, राष्ट्रपति कांग्रेसले नै लिने पक्का जस्तै छ’ एक नेता भन्छन् ।  

शुक्रबार​ १२ फागुन २०७९ ०२:१६ PM मा प्रकाशित

प्रतिक्रिया