×

सार्वजनिक निर्माणको ढिला सुस्ती र बेथितिलाई समाधान गर्न राज्यमन्त्री डा. कार्कीद्वारा सरकारको ध्यानाकर्षण 

images

काठमाडौं । निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले सार्वजनिक निर्माणको ढिला सुस्ती र बेथितिलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।


शुक्रबार प्रतिनिधिसभाको बैठकमा सुत्रे समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निवर्तमान स्वास्थ्य राज्यमन्त्री कार्कीले सडक विभाग  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसैको स्वार्थ ,ठूला ठेकेदारको मिले मतो अथवा दबाब हो भनेर प्रश्न खडा गर्दै राज्यका निकाय गैर जिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथिको अपराध भएको टिप्पणी गरिन् ।


उनले भनिन् काठमाडौंको पनि ललितपुर जिल्ला हेपिएको मात्र होइन राष्ट्रको दृष्टिमै नपरेको भान हुन्छ ।सडक विभाग  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले  काम गर्न नसक्नु कसको स्वार्थ हो ठूला ठेकेदमरको मिले मतो र दबाब हो ? वा राज्यका निकाय गैर जिम्मेवार हुनु कमजोरी मात्र होइन् आम जनतामाथि अपराध हो । सदनमा भौतिक तथा पूर्वाधार मन्त्रीलाई ध्यानाकर्षण गराउँन चाहन्छु सार्वजनिक निर्माणको ढिला सुस्ती र बेथिति अविलम्ब समाधान गरियोस् । 


उनले नेपाल सरकारको संघिय मन्त्री परिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको को सबै भन्दा ठूलो अस्पताल जाने नखु भौसी पार्टी सडकको निर्माण  टुङ्गो नलागेको भन्दै टुङ्गो  लगाउँन आह्वान गरिन् । 
 

शुक्रबार​ १२ फागुन २०७९ ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया