×

पुराना पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

images


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार चुनावअघिको पाँच दलीय गठबन्धन बैठक जारी छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत

समाजवादी, जनता समाजवादी लगायतका दलको बैठक चलिरहेको छ । बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुरखड्का,

महामन्त्री गगन थापा सहभागी छन् भने माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । 
 

शुक्रबार​ १२ फागुन २०७९ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया