×

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

images

 काठमाडौं । नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ओरालो लागेको नेप्से यस दिन सामान्य अंक बढेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २४८ स्टकको ५२ हजार ४६० पटकको कारोबारमा ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।

यस दिन सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ४० रुपैयाँ ४० पैसा बढेर ४४४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.४८ प्रतिशत घटेको छ। त्यस्तै, एनएमबि हाइब्रिड फण्ड एल १ को इकाईमूल्य ५ प्रतशितभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब १३ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवश्री हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

मङ्गलबार १० माघ २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया