×

पराजित चर्चित नेताहरू

images

काठमाडौं। आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ।

काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित रहेका थिए। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गरेका थिए ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघि २०७४ को आमनिर्वाचनमा काठमाडौँ–५ बाटै निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए ।

काठमाडौँ–४ मा नेकपा (एमाले)का राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २१ हजार ३०२ मत ल्याएर पराजित गरेका हुन् ।

काठमाडौँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवीन्द्र मिश्र लगातार दोस्रो पटक नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहसँग पराजित भएका छन् ।

सोही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलसमेत उम्मेदवार थिए। उनले दुई हजार १३० मत प्राप्त गरेका छन् ।

अर्का चर्चित युवा मिलन पाण्डेले समेत लगातार दोस्रो पटक हार बेहोरेका छन्। विवेकशील साझाका पाण्डे काठमाडौँ–९ बाट उम्मेदवार थिए। गोरखापत्र दैनिकबाट

बुधबार ७ मंसिर २०७९ ०६:५७ AM मा प्रकाशित

प्रतिक्रिया