काठमाडौँ । कोलम्बोमा भएको पहिलो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को उपाधि भारतले जितेको छ । फाइनलमा भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवरोधित) र बिमला राईले २६ रन बनाएकी थिइन्। भारतीय टोलीले १२.१ ओभरमा तीन विकेट गुमाएर यो लक्ष्य हासिल गरेको थियो ।
भारतका लागि करुणा के ले २७ बलमा सर्वाधिक ४२ रन बनाइन् भने फुला सरीनले २७ बलमा अविजित ४४ रन बनाइन्, जसमा चार चौका पनि समावेश छन् ।
प्रतिक्रिया