×

न्युजिल्यान्ड र इंग्ल्यान्ड विजयी

images

सिड्नी । ट्वान्टी ट्वान्टी विश्वकपको सुपर–१२ ग्रुप–वानको शनिबारका खेलमा न्युजिल्यान्ड र इंग्ल्यान्ड विजयी भएका छन् । न्युजिल्यान्डले सिड्नीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन  अष्ट्रेलियालाई ८९ रनले हराएको हो । डेभन कनवेको नटआउट ९२ रनको मदतले न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै दुई सय रन बनाएको थियो ।

जवाफमा  अष्ट्रेलिया १८ ओभरभित्र १ सय ११ रन बनाएर अलआउट भयो । कनवेले ५८ बलको मात्र सामना गरे । त्यसमा सात चौका तथा दुई छक्का प्रहार गरे । सन् २०११ यता कुनै पनि ढाँचाको क्रिकेटमा न्युजिल्यान्डले  अष्ट्रेलियालाई हराउको यो पहिलो पल्ट हो । हारले  अष्ट्रेलिया चर्को दबाबमा आएको छ ।

पर्थमा भएको अर्को खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो । साम कुरानले १० रन मात्र खर्चेर पाँच विकेट लिएपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान १ सय १२ रन मत्र बनाएर १९.४ ओभरमा अलआउट भयो । जवाफमा इंग्ल्यान्डले १८.१ ओभरमा पाँच विकेट गुमाएर १ सय १३ रन बनायो । 
 

आइतबार​ ६ कात्तिक २०७९ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया