×

भ्रष्टाचार निर्मूल पार्नु पहिलाे दायित्व : प्रकाशमान सिंह

images

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  भ्रष्टाचार निर्मूल  गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् । काठमाडौँ आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताए । 

'प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो,' उनले भने ।  राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले  काठमाडौंमा देखिएको  खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायत न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको बताए ।

आइतबार​ ६ कात्तिक २०७९ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया