काठमाडौँ । मौसम पूर्वानुमान महाशाखले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ भने साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने जानकारी दिएको छ ।
हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागमा साधारणतया बदली र बाँकी भु-भागमा आंशिक बदली रहेको छ भने बाग्मती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
प्रतिक्रिया