×

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

images

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने निर्णय गरेको छ ।  मंगलबार राति केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय भएको सुनाएका हुन् । 

अध्यक्ष ओलीले बैठकको निर्णय सुनाउदै भने-'पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।' ओलीले पार्टीको विधानको ८ र ९ मा भएको व्यवस्था उल्लेख गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नमिल्ने निर्णय सुनाएको एक केन्द्रीय सदस्यले जानकारी दिएकाछन् ।

निर्णय सुनाउनेक्रममा पार्टी अध्यक्ष ओलीले आफुले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएको बताएका थिए । उनले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको सुनाएका थिए ।

सो निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गर्दै नोट अफ डिसेन्ट लेख्ने बताएका छन् ।

त्यस्तै सोमबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव र महासचिव शंकर पोखरेलले पेश गरेको संगठानिक प्रस्तावलाई पारित गरेको छ । 

 

बुधबार ८ साउन २०८२ ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया