काठमाडौं । विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका काभ्रेका कांग्रेस नेता गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासबाट दोषी ठहर भएका लामालाई १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने फैसला भएको थियो ।
सर्वोच्च अदालतको फैसलासँगै लामाको सम्पत्ति वैध बनेको छ । लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको रकम विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया