×

उपनिर्वाचन : ६० प्रतिशत मतदान, १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने आयोगको तयारी

images

काठमाडौं । निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको जनाएको छ।

प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको भन्दै आयोगले प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको जनाएको छ।

आयोगकाअनुसार बारा-२ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको जनाएको छ।

आयोगका अनुसार बारा-२ मा शिक्षा तालिम केन्द्र कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणना गर्ने तयारी रहेको छ।

यस्तै, आयोगले मंगलबारसम्म तीनै क्षेत्रको मत परीणाम आइसक्ने जनाएको छ।

आइतबार​ १० बैशाख २०८० ०८:४५ PM मा प्रकाशित

प्रतिक्रिया