×

निर्माण व्यवसायी मनोजकुमार भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ

images

काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । भेटवाललाई उनको घरबाटै बुधबार काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भेटवाललाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जानकारी दिए।

उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो । भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो। भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए। 

काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिरहेका भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । 

बिहीबार ११ फागुन २०७९ १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया