काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतले ओहोदको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
कोलम्बिया, क्युवा र कजाकास्तानका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।
प्रतिक्रिया