काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार कूल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधवार काठमाडौंमा ६७, ललितपुरमा १० र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना निको भएर थप ९११ जना निको भएर डिस्चार्ज भएका छन् ।
कोरोनाले थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९० सक्रिय संक्रमित रहेका जनाइएको छ ।
प्रतिक्रिया