×

जनयुद्ध दिवसमा विदा दिने सरकारी निर्णयमा एमाले अध्यक्षको आपत्ति- माओवादी हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुखद 

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनकै भाषामा माओवादी हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुखद भएको टिप्पणी गरेका छन् । 
बिहीबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास बालकोटमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले, जनयुद्ध   दिवसलाई राष्ट्रिय दिवसको रुपमा बनाउने सरकारको निर्णय सही नभएको बताएका हुन्  ।

हिंसा दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णय दुखद भएको उनको टिप्पणी छ । उनले भने ‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी छ जस्तो देखिन्छ । अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मात्रे भनेर क्यालेन्डरमा समेत राखेर दुखद निर्णय ग¥यो ।

सरकारले आकश्मिकरुपमा त्यो किन गर्नुपरेको हो ? आपैmँले हिंसा छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्यो ? मैले पनि  बुझेको छैन यसले सम्झी नसम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झीएजस्तो मात्र लाग्छ मलाई।’ उनले अब नेपाल हिंसाको पक्षमा हुन नसक्ने टिप्पणी गर्दै परस्परमा लड्ने – लडाउने कुरा स्वीकार्न गर्न नसकिने पनि बताए ।
 

बिहीबार ११ फागुन २०७९ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया