×

पतौरा पुरातात्विक महादेश मन्दीरलाई विश्व सम्पदाको सुचीमा पुर्याउन मधानी महात्सव

images

रौतहट । पतौरा पुरातात्विक महादेव मन्दीरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन यसबर्ष पनि मधानी महायज्ञ २०८० को आयोजना भव्य रुपमा हुने भएको छ । रौतहटको मौलापुर नगरपालिकाद्वारा पतौरा पुरातात्विक महादेव मन्दीरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख रीनाकुमारी साहले पतौरा पुरातात्विक महादेव मन्दीरलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यबाट २०७५ साल देखि गर्दै आईरहेको संकल्प सहित यसबर्ष पनि मधानी महोत्सव निरन्तरता दिई आयोजना हुन गईरहेको बताइन् । भगवान शिवको भुमि नेपाल विश्वकै एक महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यको रुपमा विकसित हुँदै गएको मौलापुर नगरपालिका ५ स्थित पतौरामा हजारौं बर्ष पुरानो पुरातात्विक महादेव मन्दिर रौतहटबासीका लागि विरासतमा पाएको महत्वपूर्ण सम्पदाको रुपमा रहेका छन् । नगरप्रमुख साहले भगवान शिव पार्वतीको वैवाहिक उत्सवको रुपमा मनाइने अनुष्ठान मधानी रहेको चर्चा गर्दै भगवान शिवको बरात यात्राबाट सुरु भई जल, जमिन र बसहाको पुजन सहित शुभारम्भ हुने यस महायज्ञमा शिव विवाह लिला समेत प्रदर्शन गरिने उनले बताइन् ।

 

यस महायज्ञलाई रौनक बढाउन बलिउड कलाकार गोविन्दा अहुजा, निलम गिरी, विनय विहारीको साथै नेपाली कलाकार पल साह, दिनेश डिसी, कमल राई, प्रेम परियार, रचना सिवाकोटी, अर्जुन विसी, प्रिति आर्या, सुनिल पंडित, विजय यादव निर्जिव, राविराज साह, सदाम हुसेन, दिेपश शर्मा, आश्विनी शाही, डा. आभास लाभ, प्रदीप पाठक, निर्देशक नन्दु श्रीवास्तव, रोशनी राज, कनक सिंह, रेविका अधिकारी, दिपलाल यादव, नवीन सिंह, राजु राग्नी, शीशाखा तिमल्सिना, चन्दन पटेल, कपिल भाई र रेबिका नेपाली लगायतका कलाकारहरु अभिनय प्रस्तुत गर्ने उनले उनले स्पष्ट पारिन् ।

 

फागुन २२ गते बाट सुरु हुने यज्ञ फागुन २६ गते समापन हुने छ । फतेपुरको नाँच २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन २३ र २४ गते, मधानी साँस्कृतिक समारोह २५ तथा अन्तरराष्ट्रिय दंगल प्रतियोगितामा भारतको स्वर्णपदक विजेता बबिता फोगाडले दंगलमा सहभागी हुने र उक्त अवसरमा लाग्ने मेलामा कुनैपनि व्यापारी एवं खेलतमासाबाट कर नलिने समेत मेयर साहले सार्वजनिक गरिन् । सो पत्रकार सम्मेलनमा मौलापुर नगरपालिकाको उपनगर प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, कार्यपालिका सदस्य एवं प्रवक्ता चन्देश्वर बैठा, विधायक प्रत्यासी मनोज यादव लगायत निर्वाचित महिला जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो । मधानी महायज्ञ नै किन ? विगत सात बर्ष अघि पुरातात्विक विदहरुद्धारा उत्खनन पश्चात ११ औं शताब्दी अघि निर्माण भएको शिव मन्दीर निस्कीएपछि उक्त स्थानमा हरेक बर्ष मधानी महायज्ञको आयोजना हुँदै आएका छन् । मौलापुर नगरपालिका अन्तर्गत पतौराको स्थानीय बासिन्दाहरु जग्गा खनजोत गर्दा जमिन मुनि घरको भग्नावेश रहेको पत्ता लाग्यो । स्थानीयहरु खन्दै जाँदा त्यहाँ मन्दीरको आकृति फेला परेपछि पुरातात्विक विभागलाई खवर गरियो । विभागबाट पुरातात्विक विदहरुको रेखदेखको साथै इंगलैण्डबाट समेत पुरातात्विक विज्ञहरु आएपछि उत्खनन कार्यलाई जारी राख्दिा शिव मन्दीर निस्कियो । जुन ११ शताब्दी अघि निर्माण भएको पाइयो । जिल्लाको अत्यन्तै विकट एवं बाटोघाटोको समुचित पहुँच नभएको स्थानमा शिव मन्दीरको अवशेष निस्नु पताराबासीको लागि सुखद क्षण लिएर आए । आम जनता पार्टीका अध्यक्ष एवं सो क्षेत्रका साँसद प्रभु साहले रौतहट क्षेत्र नम्वर ३ को हरेक गाउँ गाउँ सम्म पुग्नका निमित्त बाटोघाटोको संरचनालाई विस्तार गर्दै आज रौतहटको नमूना क्षेत्रको रुपमा पहिचान कायम गर्न सफल भएको छ । अर्को तिर ११ औं शताब्दी अघिको शिव मन्दीरलाई व्यवस्थित बनाउन मौलापुर नगरपालिकालाई अध्यक्ष साहले आन्तरिक पर्यटनलाई बढावा दिई यस क्षेत्रको कयाकल्प गराउनमा पतौरा महादेव मन्दीरको उल्लेख्य भुमिका हुने भएको हुँदा पवित्र स्थलमा महाशिवरात्रीको समयमा मधानी महायज्ञको आयोजना गरी धार्मिक पर्यटनलाई विकसित गर्न सुझाव दिएपछि विगत तिन बर्ष देखि मधानी महायज्ञको आयोजना हुँर्द आएको मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साहले बताइन् ।

 

मौलापुरलाई देशकै धार्मिक क्षेत्रको साथै आन्तरिक पर्यटनलाई लोभ्याने खालको हरेक संरचनाहरु खडा गरी यहाँका वेरोजगार युवाहरुलाई रोजगारको अवसर प्रदान गर्ने, पिछडिएको क्षेत्रको रुपमा रहेको ३ नम्वर क्षेत्र अहिले जिल्लाको हरेक क्षेत्रमा अघि रहेको, बाटोघाटो, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, लगायत विभिन्न क्षेत्रमा मौलापुर सहित रौतहट क्षेत्र नम्वर ३ निकै अघि बढेकोमा उनले खुशी व्यक्त गरिन । यस क्षेत्रको विकास र युवाहरुलाई स्वरोजगार बनाउनमा साहको जनउत्तरदायी कदमलाई जनताहरुको माया र साथको कारण नै यहाँ सम्म पुग्न सफल भएको उनले स्पष्ट पारिन । पुरातात्विक मन्दिर देखि उत्तर तर्फ नगरपालिकाले दुई कत्ठा जग्गा खरिद गरेर उत्खनन गराउने कार्य भईरहेको र त्यहाँ ११ शताब्दीका मन्दीरको भग्नावशेषहरु फेला परेपनि उत्खनन कार्य निरन्तर रुपमा जारी रहेका छन् ।

 

शुक्रबार​ ११ फागुन २०८० ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया