×

पर्यटनमन्त्रीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा भयो ६ दिनमा तीन लाख जम्मा

images

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए।

सो घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ संकलन भइसकेको किरातीले बताए ।  ‘खादा माला नलगाउने र त्यस बरारबरको नगद संकलन गरी दुर्गम क्षेत्रको शिक्षा क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको थिएँ ।

त्यसअनुरुप आजसम्म ३ लाख रकम संकलन भइसकेको छ’ उनले भने, ‘एक जना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने खादा र मालाको नाममा मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरुले कति अर्बको खादा माला लगाइदोरहेछ त ?’  

आफू खादा र मालाको विरोधी नभएको भन्दै उनले माघ १ गते विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएकाले तालुकदार मन्त्रालयको नेतृत्व गरेको हैसियतले शोकको बेला आफूले खादामालाले बधाई नथापेको मन्त्री किरातीले बताए ।

मन्त्री किरातीले मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षतामा मन्त्रालय सञ्चालन गर्न सुझावसमेत मागिरहेका छन् । उनले सुझाव र जनगुनासो संकलनका लागि ‘ई-हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याएका छन् । त्यहाँ आएका सुझाव र गुनासोलाई उनले जवाफ फर्काउँदै आएका छन् ।

सोमबार ९ माघ २०७९ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया