एजेन्सी । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता हुने भएको छ । स्विट्जरल्याण्डको दाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तीन देशबीच यूएई वार्ता हुने जानकारी दिएका हुन् ।
कूटनीतिक सक्रियता बढेसँगै ट्रम्पले जेलेन्स्कीसँगको भेट सकारात्मक भएको बताएका छन् भने अमेरिकी विशेष दूत स्टिभ विट्कोफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मस्को प्रस्थान गरेका छन् ।
ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित मस्को जान लागेका विट्कोफले सम्झौताप्रति आफू आशावादी रहेको बताएका छन् । दाभोस छोड्नुअघि उनले अब एउटा मात्र मुख्य विषय सुल्झाउन बाँकी रहेको र त्यो समाधानयोग्य रहेको दाबी गरेका छन् । विट्कोफले बाँकी रहेको विवादित बुँदाबारे विस्तृत जानकारी नदिए पनि जेलेन्स्कीले पछि उक्त विषय पूर्वी युक्रेनको भविष्यको स्थितिसँग सम्बन्धित रहेको प्रष्ट पारेका छन् ।
प्रतिक्रिया