×

हिमालय एयरलायन्सको ग्राउन्ड ह्यान्डलिङको अधिकार खोसियो, पोखराको पनि निगमलाई

images

काठमाडौं । पोखरामा सञ्चालनमा आउने तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डिलिङ (भूमिस्थ प्रवन्ध) सेवा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले गर्ने भएको छ । यसअघि निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डिलिङ नेपाल एयरलाइन्सले गर्दै आएको थियो ।

उड्ययन प्राधिकरणले एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेको जनाएको छ । 

जसअनुसार गत भदौ २८ तथा असोज ४ गते मा प्रदान गरिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्मलाई स्थगन गरिएको प्राधिकरणले जनाएको छ ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गरी तीनवटै विमानस्थलमा तत्कालका लागि नेपाल एयरलाइन्सले यस्तो सेवा दिने भएको छ । जसमा यात्रु र ब्यागेज व्यवस्थापन तथा सरसफाइसहितको विस्तृत जिम्मेवारी समेटिएको छ ।

वायुयानहरुको भूमिस्थ प्रवन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ४ बमोजिम साताको ३५ वटा भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ हृयान्डलिङ गर्न पाउने नियम अनुसार ४ असोज २०७७ मा हिमालय एयरलाइन्सले यो अनुमति पाएको थियो ।

बिहीबार ७ पुस २०७९ ०७:४४ PM मा प्रकाशित

प्रतिक्रिया