×

कैदमुक्त भए चार्ल्स शोभराज, अध्यागमनको हिरासत बस्न अस्वीकार

images

काठमाडौं । सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपनि चाल्र्स शोभराजले रिहा हुन अस्वीकार गरेका छन् । केन्द्रीय कारागार कार्यालयले 'सिरियल किलर' चार्ल्स शोभराज कैदमुक्त भए पनि भोलिमात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ।

images

सिरियल किलर चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश(पूर्णपाठ)

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ।  बुधबार न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले श...

बिहीबार केन्द्रीय कारागारले शोभराजलार्य रिहा गरी अध्यागमन विभागको जिम्मा लगाउन खोजेपनि शोभराजले अध्यागमन जान अस्वीकार गरेका हुन् ।  उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो ।

तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । अब शुक्रबार बिहान मात्रै शोभरालाई अध्यागमन विभागको जिम्मा लगाइने भएको छ ।

अध्यागमन विभागले त्यसपछि उनलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ । विभागले प्रक्रिया पूरा गरेर उनलाई फ्रान्समा डिपोर्ट गर्ने तयारी गरेको छ । केन्द्रीय कारागारबाट चाल्र्स रिहा हुने भएपछि अध्यागमनका कर्मचारीहरु छलफलमा बसेका थिए । उनीहरुले चार्ल्सलाई कसैको जिम्मामा छाड्ने तयारी गरेका थिए ।

तर चार्ल्सले आफू बाहिर (होटलमा) बस्न इन्कार गरेका शिवाकोटीले बताए । उनले नमानेपछि बिहीबार राति केन्द्रीय कारागारमै राखेर शुक्रबार मात्र अध्यागमन कार्यालयमा लैजाने तयारी भएको हो । १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई आजै (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले हिजो आदेश गरेपछि उनी अझै छुटेका छैनन्। 

केन्द्रीय कारागारले अध्यागमन विभागलाई बुझाउने तयारी गरेको छ। शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको कारागार कार्यालयले जनाएको छ। २० वर्षको कैद सजाय तोकिएका शोभराज २०६० असोज १ गते काठमाडौंको दरवारमार्गबाट पक्राउ परेका थिए । 

भक्तपुर जिल्ला अदालतले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला अनुसार शोभराज २०८० साल असोजको १ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर सर्वोच्च अदालतले शोभराजको उमेर पनि धेरै भइसकेको र ९५ प्रतिशत सजाय भुक्तान गरिसकेको भन्दै उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा वृद्ध कैदीले पाउने सुविधा दिएर रिहा गर्न आदेश दिएको थियो ।​

बिहीबार ७ पुस २०७९ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया