×

मधेसमा भ्रम दिने,झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थाले- प्रचण्ड

images

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली हाबी हुनु दुखद् भएको बताए । गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताए ।

साथै उनले  मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । ‘मधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने । 

उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।

प्रचण्डले भने– मधेसको अधिकारका लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने, उनीहरू नै कता कता बलियो देखिने यो विडम्बना किन भइरहेको छ ? यहाँका बुद्धिजीवी,नेता कार्यकर्ताको लागि पनि चुनौती हो । कतै न तकै हाम्रो गठबन्धन दलका नेताहरूको कमजोरी भयो ।

अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने,झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत बन्न आग्रह गरे । मधेसको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ ।
 

शनिबार ५ कात्तिक २०७९ ०६:५० PM मा प्रकाशित

प्रतिक्रिया