काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा पक्राउ परेका सोनम थेबे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता भएको खुलासा भएको छ ।
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।
थेबे गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । उनले धुम्बराही क्षेत्रका व्यवसायीहरुलाई धाकधम्की दिई रकम असुल गर्ने गर्दै आएका थिए । गुण्डागर्दीमा सलंग्न थेवे पटके गुण्डा समेत हुन् । व्यवसायीहरुका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरिरहेका थेवेले होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता असुल्ने गरेका छन् ।
गुण्डागर्दी, मिटरब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेवेलाई यसअघि पनि प्रहरीले खोजी गर्दा नेकपा एमालेका नेताहरुले पक्राउ नगर्न प्रहरीलाई पटक–पटक फोन गरेको प्रहरी अधिकारीहरुबाटै खुलासा भएको थियो ।
प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै १ करोड ८ लाख ३० हजार ठगी गरेको अभियोगमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार यो ठगीमा सनम थेवे पनि संग्लन थिए । तर ताप्लेजुङका एमालेका नेताहरुको दबाबमा यो थप अनसन्धान रोकिएको थियो ।
प्रतिक्रिया