काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्नेक्रममा मन्त्री खरेलले पाँच महिना भित्र दशका प्रमुख १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री खरेलले यसअघि मन्त्रलायका कर्मचारीले तयार गरेको निर्णय परिवर्तन गर्न लगाएर यो निर्णय गरेका हुन् ।
प्रतिक्रिया