×

संघीय संसदका तीन समितिको बैठक बस्दै

images

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी दिउसो १ बजेदेखि बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै दिउसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

मङ्गलबार ७ साउन २०८२ ०८:०० AM मा प्रकाशित

प्रतिक्रिया