×

थप ३१ जनामा कोरोना संक्रमण पुष्टि,१० जना सङ्क्रमणमुक्त

images

काठमाडौं । नेपालमा देशभर थप ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

बुधबार ८ असार २०७९ ०६:११ PM मा प्रकाशित

प्रतिक्रिया