×

लिभरपुलका स्टार खेलाडी साडिओ माने बार्यन म्युनिखमा आबद्ध

images

इङ्ग्लिस क्लब लिभरपुलका स्टार खेलाडी साडिओ माने जर्मन क्लब बार्यन म्युनिखमा आबद्ध भएका छन् । मानेलाई बार्यनले ४३ मिलियन डलरमा अनुबन्ध गरेको गोल डटकमले जनाएको छ । 

३० वर्षका मानेले च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएयता आफूले क्लब छाड्न चाहेका बताउँदै आएका थिए । सेनेगलका खेलाडी मानेले लिभरपुलका लागि दुई सय ६९ वटा खेलमा एक सय २० गोल गरेका छन् । 

साडियाे माने सन् २०१६ मा साउथह्याम्पटनबाट लिभरपुलमा आएका थिए । 

बुधबार ८ असार २०७९ ०५:५४ PM मा प्रकाशित

प्रतिक्रिया